काठमाडौं—सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट प्रस्तुत गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा उक्त बजेट सार्वजनिक गरेका हुन् । सरकारले बजेटको आकार बढाउँदै १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ पु¥याएको छ ।
यो गत आर्थिक वर्षमा बिनियोजन भएको बजेटभन्दा तीन खर्ब र संशोधित बजटेभन्दा एक खर्ब बढी हो । त्यसमा चालुतर्फ ११ खर्ब ८० अर्ब र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब रुपैयाँ छुट्याइएको छ ।
आम्दानीतर्फ राजश्वमार्फत १३ खर्ब १५ अर्ब, बैदेशिक ऋणमार्फत २ खर्ब, आन्तरिक ऋणमार्फत ३ खर्ब र वैदेशिक अनुदानमार्फत ५३ अर्ब रुपैयाँ जोहो गरिने उल्लेख छ । अर्थमन्त्री पौडेलले बजेटका पाँच मुख्य उद्देश्यहरू रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया