काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदै छ। एमालेले सात दशक लामो बलिदानपूर्ण संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रुपमा मनाउन अपील गर्दै काठमाडौँमा प्रदर्शन गर्न लागेको हो।
एमालेले काठमाडौँको भृकुटीमण्डपमा विशेष कार्यक्रम गर्दैछ। आजको कार्यक्रमलाई संगीतमय बनाउने एमालेले बताएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो २ बजेसम्म एमालेले कार्यक्रम गर्नेछ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक वेशभूषामा पार्टीका कार्यकर्ताको सांस्कृतिक झाँकीसहितको र्याली भृकुटीमण्डपतिर लागको छ।
प्रतिक्रिया