काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन विश्वविद्यालयहरूमा कम्युनिस्ट र इस्लामिक बढ्दो प्रभावप्रति सचेत बनेको छ ।
हालै विश्वभरका विद्यार्थीहरूको भिसा आवेदन रोक्नेदेखि हार्वर्ड र कोलम्बसलगायतका विश्वविद्यालयका अनुदान कटौतीको मुख्य कारण यहुदी विरोधी जमात बढ्नु रहेको प्रशासनले जनाएको हो ।
विदेशमन्त्री मार्को रुबियोले चीन र हङकङबाट अमेरिकामा आएका विद्यार्थीहरूको भिसाको गहन जाँच हुने बताएका छन् ।
उनले चिनिया कम्युनिस्ट पार्टीका सदस्यहरू विद्यार्थीको रूपमा अमेरिकी विश्वविद्यालयमा भर्ना भएको भन्दै यसको गहन जाँच हुने बताएका छन् ।
सीएनएनका अनुसार अब भिसाको शर्तमा पनि संशोधन हुने र कम्युनिस्टहरूमाथि कडाइ गरिने प्रशासनको तयारी छ । हार्वर्ड लगायतका विश्वविद्यालयमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन भएकोमा समेत ट्रम्प प्रशासन रुष्ट छ ।
अमेरिकामा पछिल्लो एक वर्षमा २ लाख ८० हजार चिनिया विद्यार्थी अध्ययनमा गएका थिए,ती मध्ये ठूलो संख्या कम्युनिस्ट पार्टीसँग सम्बन्धित रहेको आशंकामा भिसाको गहन अध्ययन थालिएको हो ।
प्रतिक्रिया