काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा सरकार र गणतन्त्रवादी दलहरूले जेठ १५ गते काठमाडौंमा विभिन्न कार्यक्रम गर्ने तयारी थालेका छन् ।
सोही दिन राजावादी दल र संघसंस्थाहरूले पनि वर्तमान व्यवस्थाको विरोधमा काठमाडौं केन्द्रित कार्यक्रम आयोजना गर्दैछन् । यसले काठमाडौंमा दुई समूहबीच मुठभेड हुन सक्ने चिन्ता बढाएको छ । प्रहरी प्रशासनले कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाएको दाबी गरेको छ ।
प्रतिक्रिया