काठमाडौं—प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि दिउँसो साढे १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ । आज पनि बैठक सुरु भएर केहीबेरमै स्थगित भएको थियो ।
लगत्तै, सभामुखले दलका प्रमुख सचेतकहरूबीच छलफल गरे पनि सफल हुन सकेन । भोलि नै सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । त्यसअघि आर्थिक सर्वेक्षण पनि सार्वजनिक गर्ने सरकारको तयारी छ ।
प्रतिक्रिया