काठमाडौं—राजसंस्था पुनस्थापनाका लागि भोलिबाट सुरु हुने ‘संयुक्त जनआन्दोलन’ को तयारी जोडतोडले भइरहेको छ । आन्दोलनका लागि २५ हजारभन्दा बढी मानिसहरु उपत्यका भित्रिइसकेको दाबी राजावादी नेताहरुले गरेका छन् ।
राजसंस्था पुनस्र्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको अगुवाइमा आन्दोलन सुरु हुन लागेको हो । राजसंस्था समर्थक सबै दल र घटकहरुको आन्दोलनमा सहभागीता रहने छ । राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना तथा संघीयता खारेजीको माग पुरा नभएसम्म सडक खाली नगर्ने राजावादी नेताहरु बताउँछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले उपत्यका बाहिरबाट जनता काठमाडौं आउने क्रम जारी रहेको बताए । आन्दोलन शान्तिपूर्ण हुने र मुठभेडको अवस्था आउन नदिन आफूहरुले पर्याप्त शतकर्ता अपनाउने श्रेष्ठ बताउँछन् । आन्दोलनमा १ हजार जना स्वयम् सेवक परिचालन गरिने पनि उनको भनाइ छ ।
आज काठमाडौंको एक बैंक्वैटमा स्वयम्सेवकहरुलाई भेला पारेर प्रशिक्षण तथा तालिम भइरहेहेको छ । भेलामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतले सम्वोधन गरेका छन् । उनीहरुले आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया