Breaking

भोलीको कार्यक्रम कसैको विरोधका लागि होइन : एमाले


काठमाडौं—नेकपा एमालेले भोलि (१५ जेठ) मा गर्न लागेको कार्यक्रम कसैको विरोधमा नभइ जनताको उपलब्धीको खुसियाली प्रकट गर्ने समारोह रहेको बताएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।

उनले भोलिको कार्यक्रम एमालेको मात्रै नभएको बताउँदै सबै राजनीतिक दल र नेताहरूलाई सहभागी हुन आह्वान पनि गरे ।