काठमाडौं—२०६५ सालयता वर्षेनि मनाइँदै आएको गणतन्त्र दिवसअन्तर्गत भोलिको (जेठ १५) अन्तर्गत यस वर्षको कार्यक्र मुरक्षा दृष्टिले उच्च सतर्कतायुक्त हुने भएको छ । भोलि नै एकातिर सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्र उत्सव र राप्रपासहितका राजावादी समूहले ‘जनआन्दोलन’ कार्यक्रमको घोषणा गरेका कारण सुरक्षा रणनीति त्यहीअनुसार बनाइएको छ ।
बिहानै टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक कार्यक्रममा राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्रीसहित संवैधानिक अंगका प्रमुख एवं विशिष्ट सरकारी व्यक्तिको उपस्थितिलाई सहज बनाउन बिहानै सुरक्षाकर्मी खटिने छन् । उक्त कार्यक्रमको चटारो सकिनासाथ अर्कोखाले सुरक्षा तैनाथीमा नेपाल प्रहरी जुट्दैछ ।
यी सबैखाले कार्यक्रमलाई लक्षित गर्दै प्रहरीले उपत्यकाभरका ३ हजार जनशक्तिलाई स्ट्याण्डबाई राखेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, जिल्ला सुरक्षा समितिले आज बेलुकीसम्म तयार पार्ने सुरक्षा योजनाबमोजिम कति र कस्तो जनशक्ति कहाँ तैनाथ गर्ने भन्ने कुराको टुंगो लाग्छ ।
तर, विशिष्ट व्यक्तिको आवतजावतलाई मध्यनजर गर्दै हालसम्म टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने गणतन्त्र दिवस समारोह र संसदमा बजेट भाषण प्रस्तुत गरिने नयाँ बानेश्वरस्थित संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । हालसम्म ती दुई स्थानलाई प्रहरीले उच्च सतर्कतास्थल तय गरेको प्रवक्ता थापाले बताए ।
प्रतिक्रिया