Breaking

विपक्षी दललाई कांग्रेसको जवाफ : गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्दैन, राजीनामा पनि आउँदैन


काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने दाबी गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताएका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि छानबिन गर्नको लागि छानबिन समिति पनि नबन्ने जानकारी दिए । यता विपक्षी दलहरुले गृहमन्त्री लेखकले पदबाट राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने अडान कायमै राखेका छन् । विपक्षी दलको अडानपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री लेखकलाई साथमा लिएर आज बिहान बालुवाटार पुगेका थिए । बालुटारमा ओलीसँग भएको छलफलले गृहमन्त्री लेखकले राजीनामा नदिने निष्कर्ष निकालेको छ ।