Breaking

रवि र लेखकको अचम्मको सम्बन्ध, सदनको त्यो भिडन्त, कारागारमा रवि, सदनको कठघारामा लेखक (भिडियोसहित)


काठमाडौँ । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्री रमेश लेखक चौतर्फी घेराबन्दीमा परेका छन् । उनको राजीनामाको माग गर्दै सडकदेखि सदनसम्म चर्को दबाब सिर्जना भएको छ ।

प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भन्दै सदनमा कुर्लिने लेखक आफैँमाथि नैतिक प्रश्न उठ्दा भने सत्ताको आडमा टसमस भएका छैनन् । यद्यपि प्रमुख प्रतिपक्षी कित्ता गृहमन्त्री लेखकलाई घुँडा टेकाएर कांग्रेस–एमाले सरकारसँग बदला लिने रणनीतिमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लेखकसँग सभापति रवि लामिछानेको बदला लिन तम्सिएको छ ।