Breaking

घट्यो राजावादीको रापताप, राज्यको मुद्दा आतंकले जेठ १५ समर्थकलाई डर (भिडियोसहित)


काठमाडौँ । तेस्रो पटक श्रीपेच पहिरिने सपना देखिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक दल र नेताहरुप्रति नागरिकमा बढ्दो चरम वितृष्णा र आक्रोशको जगमा टेकेर राजगद्दीमा फर्किने दाउमा छन् ।

उनलाई नारायणहिटी पु¥याउने बैशाखीका रुपमा राप्रपा अग्रमोर्चामा देखिएको छ । तर जुन रुपमा नागरिकमा उत्साह र समर्थन हुनु पर्ने हो त्यो भने नगण्यप्राय छ । जसले पूर्वराजा ज्ञानेन्द्र राजगद्दीमा फर्किन्छु भन्नु उनको आलोकाँचोपन र दिवा सपना जस्तो मात्र देखिन्छ ।