अन्तर्राष्ट्रिय

न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै


काठमाडौँ । न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज र भोलि गरी दुई दिन काठमाडौंमा रहनेछन् ।

न्युजिल्यान्डबाट उच्चस्तरको यो पहिलो राजनीतिक भ्रमण हो । श्रीलंकाको भ्रमण सकेर पिटर्स मैत्रीपूर्ण औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उनले बुधबार नै भेट्ने कार्यक्रम छ । बुधबार नै परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय बैठक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।