राजनीति

दुवै सदनको बैठक आज बस्दै, गृहमन्त्रीले राजीनामा नदिएसम्म अवरोध गर्ने विपक्षी दलको अडान


काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ : ०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ ।  दुवै सदनको बैठक बस्ने भएपनि विपक्षी दलहरुले भने अवरोध गर्ने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री लेखकले पदबाट राजीनामा नदिएसम्म संसद चल्न नदिने बताइसकेका छन् । सभामुख देवराज घिमिरेले सहमति जुटाउने प्रयास गरेपनि दलहरुबीच सहमति जुट्न सकेको छैन ।