काठमाडौं—राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि अहिले मतदान जारी छ । पोखरा सभागृहमा बिहान १० बजेबाट सुरू निर्वाचनमा फर्जी कार्ड बनाएर भोट हाल्न थालेपछि केहिबेर मतदानसमेत रोकियो ।
रौतहटका प्रतिनिधि शेख जैद आलमको कार्डमा अर्कैले फोटो राखेर भोट हाल्न खोजेपछि अन्य प्रतिनिधिले उनलाई रोकेका थिए । अहिले पुनः भोटिङ सुरू भएको छ । यो प्रकरणपछि डिजिटल कार्डधारी प्रतिनिधिलाई मात्र भोट हाल्न दिइएको छ । हस्तलिखित कार्डको हकमा भने छलफलपछि निर्णय हुने निर्वाचन आयोगले जनाएको छ ।
अध्यक्षका उम्मेदवार सुमन पुरीले सामाजिक सञ्जालमार्फत् फर्जी कार्डको विरोध जनाएका छन् । बिहान १० बजेबाट सुरू मतदानमा १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । महाधिवेशनमा कुल १७६४ प्रतिनिधि छन् ।
प्रतिक्रिया