काठमाडौं—रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानवतस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले मानवतस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप लगाए ।
अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरूलाई बेच्ने प्रकरणमा राज्यको निकायहरू नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केबल नैतिकताको विषयमात्रै हुन नसक्ने उनको जिकिर छ ।
गृहमन्त्री लेखकमाथि प्रशस्त शंका गर्ने ठाउँ भएकाले अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनको भनाइ छ । पराजुलीले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने पनि दोहो¥याए ।
प्रतिक्रिया