राजनीति

गृहमन्त्रीले राजीनामा दिनुपर्छ : राप्रपा


काठमाडौं—प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ । आज बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

बैठकले जेठ १५ गते राप्रपा लगायत दलहरु मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्ने निर्णय गरेको हो ।