Breaking

युवा संघको नयाँ नेतृत्व छान्न आज मतदान हुँदै


काठमाडौं—सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व छान्न आज मतदान हुने भएको छ। पोखरामा जारी दशौं महाधिवेसनबाट सर्वसम्मत नेतृत्व छान्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए पनि सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व टुंगो लगाउन लागिएको हो।संघको अध्यक्ष पदमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले उम्मेदवारी दिएका छन्। अध्यक्षका दुबै उम्मेदवारप्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाही, महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन्।

अध्यक्षका अर्का दाबेदार पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादवले उम्मेदवारी दिएका छन्।युवा संघको महाधिवेसनमा झण्डै २ हजार प्रतिनिधी सहभागी छन्।