काठमाडौं—गत वर्ष जुलाईमा भएको विशाल जनआन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हट्न बाध्य पारेको थियो । १५ वर्षदेखि एकछत्र शासन चलाइरहेकी हसिना, हिंसात्मक रूप लिएको जनप्रदर्शन थेग्न नसकेपछि राजीनामा दिएर भारत निर्वासित भएकी थिइन् ।
त्यसपछि, देशलाई राजनीतिक संकटबाट बाहिर निकाल्न र निष्पक्ष चुनाव गराउने जिम्मेवारीसहित अर्थशास्त्री मोहम्मद युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रूपमा नेतृत्व सम्हालेका थिए ।
प्रतिक्रिया