काठमाडौं—रवि लामिछाने प्रकरण । एकपछि अर्को त्रुटि । अहिले आदलतको आदेशमै त्रुटि । कहिले प्रहरीको पक्रिने प्रक्रियामा त्रुटि । हुँदाहुँदा अहिले सर्वोच्चको आदेशमा पनि त्रुटि ।
रवि लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै परेको बन्दीप्रत्यक्षीकरण रिटमा मुल रिट नै खारेज गर्दै सर्वोच्च अदालतले एक आदेश दियो ।
शुक्रबार अबेर राति न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई थुनामै राख्ने उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेशलाई सदर गरेको थियो । तर, एक सानो गल्तीले सर्वोच्चमाथि फेरि प्रश्न उठ्यो । ‘आदेश’ लेख्नुपर्ने ठाउँमा ‘फैसला’ लेखिदिएको थियो । पछि आइतबार मात्र सोही इजलासले भूलबश लेखिन गएको भन्दै सच्चाएको छ । त्रुटि र सच्याइएको यो पत्र हेर्नुहोस् ।
प्रतिक्रिया