राजनीति

पूर्वराजाले नाति च्यापेर नारायणहिटी छिरेपछि ओलीको चेतावनी, १५ गते दुईपक्ष फेरि भिड्दै, अब के होला ?(भिडियो)


काठमाडौं—गत फागुन २५ र चैत १५ को रापतापले हौसिएका राजावादीहरू आगामी जेठ १५ देखिको आन्दोलनमा त्यही ओजलाई निरन्तरता दिन जुटेका छन् ।

राजतन्त्र फर्काउन गठित संयुक्त जनआन्दोलन समितिले राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनमा सहभागी हुन घरदैलो कार्यक्रम नै गरेर नागरिकलाई आह्वान गरिरहेका छन् ।

राजावादी शक्तिहरू एक जुट भएर निर्णायक आन्दोलनको तयारीमा हुँदा नारायणहिटीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनस्र्थापित नगराएसम्म आन्दोलन नरोकिने दाबी उनीहरूको छ । जेठ ११ र १२ गते काठमाडौं, ललितपुर र भक्तपुरका सबै नागरपालिकाहरूमा स्थानीय जनतासँग सम्पर्क संवाद गर्ने तालिका तय भएको छ ।