काठमाडौं—सत्तारुढ दल नेकपा एमालेले आगामी जेठ १५ गते देशव्यापी रुपमा गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
जनताका विरुद्धमा हुने कुनै पनि गतिविधि पार्टीका लागि स्वीकार्य नहुने पनि उनले बताए । पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेले गरेको छ ।
काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झांकिसहित गणतन्त्र दिवस उत्सवको रुपमा आयोजना हुने उनले बताए । यसअघि आजै पार्टीको एक प्रशिक्षणमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं एमालेले जेठ १५ गते नियन्त्रण गर्नुपर्ने बताएका थिए । सोही दिन काठमाडौंमा राजावादी समूहले पनि प्रदर्शन गर्दैैछ ।
प्रतिक्रिया