Breaking

रास्वपा बैठक निर्णय : गृहमन्त्रीको संलग्नता पुष्टि भए राजनीति छाड्ने होइन , जेल जाने हो


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पन्छिन नमिल्ने बताएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै कार्यबाहक प्रवक्ता मनीष झाले बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले गृहमन्त्री लेखकको संलग्नता पुष्टि भए राजनीति छाड्ने नभइ जेल जाने प्रक्रिया सुरु हुने बताए । सो प्रकरणबारे बोल्दै शनिबार गृहमन्त्री लेखकले संलग्नता पुष्टि गर्न चुनौती दिएका थिए । साथै, उनले संलग्नता पुष्टि भए आफू राजनीतिबाट बिदा हुने पनि बताएका थिए ।