Breaking

जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ : प्रधानमन्त्री


काठमाडौं—प्रधानमन्त्री केपीशर्मा ओलीले यही जेठ १५ गते काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताउँदै कार्यकर्तालाई सोही अनुसार तयार रहन निर्देशन दिएका छन् । आगामी जेठ १५ गते राजावादीहरूले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेको छ ।

आज नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त दिन आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न निर्देशन दिएका हुन् ।

यसबारेमा पार्टीले आवश्यक निर्देशन पछि दिने भन्दै उनले काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताए । यस्तै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमलदाहाल प्रचण्डले विदेशीको मतियार भएर तत्कालिन एमाले विभाजन गर्न भुमिका खेलेको आरोप लगाएका छन् ।