Breaking

इलाममा जङ्गली च्याउ खादा ३ जनाको मृत्यु


काठमाडौं—इलाममा जङ्गली च्याउका तरकारी खाएका तीनै जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

झापाको बिर्तामोडमा रहेको बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए ।

मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै ज्यान गएको थियो । लावतीको आज बीएनसी अस्पतालमा ज्यान गएको हो ।

हरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौंको अकालमा ज्यान गइरहेको छ । नेपालमा झन्डै एक हजार तीन सय प्रजातिका च्याउ पाइनेमा झन्डै एक सय प्रजातिका च्याउ विषालु रहेका जडीबुटी तथा वनस्पति विज्ञ डा. मित्र पाठकले जानकारी दिएका छन् ।