काठमाडौं— सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा आइतबार भेला भएर प्रदर्शन गरेका हुन् । अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् ।
सहकारीमा बचत गरेको रकम सरकारले दिलाउन नसकेपछि पटक–पटक भएको शान्तिपूर्ण आन्दोलनबाट न्याय नपाउँदा सरकारले अर्धनग्न अवस्थामा उत्रन बाध्य बनाएको उनीहरूको भनाइ छ । उनीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गरेर भए पनि बचत फिर्ता गराइदिन सरकारसँग माग गर्दै आएका छन् ।
प्रतिक्रिया