Breaking

गृहमन्त्री र पर्यटनमनत्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेस सांसदको देउवालाई पत्र


काठमाडौं—नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई बर्खास्त गर्न माग गर्दै प्रमुख सचेतक श्यामकुमार घिमिरेमार्फत संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाएका छन् ।

आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सांसद् बजगाईले गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेलाई कारबाही गर्न माग गरेको पत्र प्रमुख सचेतक घिमिरेलाई बुझाएको कांग्रेस संसदीय दलमा कार्यरत एक अधिकृतले जानकारी दिए ।

सांसद बजगाईंले ‘पार्टीको छवि जोगाउन भ्रष्टाचारमा संलग्न र कमजोर प्रदर्शन गर्ने मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गर्नुपर्ने सम्बन्धमा’ शीर्षकमा लेखेको पत्रमा कांग्रेसका केही मन्त्रीहरूको कार्यशैलीले पार्टीको गरिमा र जनविश्वासमा गम्भीर धक्का पु¥याइरहेकोले पार्टीले समयमै कठोर निर्णय नलिए यसले भविष्यमा अझ गम्भीर राजनीतिक नतिजा ल्याउने उल्लेख गरेका छन् ।

उनले गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाउनु गृहमन्त्रीको नैतिक जिम्मेवारीमाथिको प्रश्न भएको बताएका छन् ।