विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कर्मचारीले गरेको गल्तीलाई आधार बनाएर गृहमन्त्री रमेश लेखको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् ।
विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने समेत बताए ।
यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।
प्रतिक्रिया