काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएकाछन् ।
बैठक देउवा निवास बुढानीलकण्ठमा भोली बिहान ९ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । वैठकमा क्रियाशील सदस्यताका विषयमा छलफल हुनेछ । साथै समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिए ।
भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखको समेत राजीनामा माग भइरहेको छ । पार्टी भित्र र बाहिर गृहमन्त्री लेखकलाई राजीनामा दिन चौतर्फी दबाब बढिरहेका बेला यस विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया