अन्तर्राष्ट्रिय

ट्रम्पको ‘गोल्डेन डोम’ हतियार, j10c र rafale झार्न सक्ने, अन्तरिक्षबाटै आक्रमण (भिडियो)


भारत र पाकिस्तान युद्धमा प्रयोग भएका हतियारमा चीनले जितेको र पश्चिमा देशहरु दबाबमा परेको चर्चा सेलाउन नपाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै एक शक्तिशाली हतियार प्रणालीको परियोजना अघि सारेपछि अहिले शक्ति राष्ट्रहरुको ध्यान खिचेको छ ।

विश्वका युद्ध रोक्ने र नोबेल पुरस्कार नै आफूले जित्ने दाबी गरेका राष्ट्रपति ट्रम्पले भर्खरै साउदी अरेबियासँग गरेको ऐतिहासिक हतियार सम्झौतादेखि ह्वाइट हाउसले अघि सारेको गोल्डेन डोम डिफेन्स सिस्टम निर्माणको थालनीसँगै अमेरिका जुनसुकै युद्धका लागि तयार छ भन्ने देखिन्छ । हतियारमा विश्वकै शक्तिशाली ठानिएका चीन, रुस र इजरायल जस्ता देशहरुका महारथीहरु झस्किने राष्ट्रपति ट्रम्पको महत्वकांंक्षी परियोजना के हो त ?

विश्वमै दबाव बढाउन अमेरिकाले तयार पारिरहेको शक्तिशाली हतियारको नाम हो ‘गोल्डेन डोम’ । गोल्डेन डोम यस्तो हतियार हो, जसले निर्माण सम्पन्न भएपछि अमेरिकालाई हतियारमा विश्वकै शक्तिशाली बनाउनेछ । यो यस्तो प्रणाली हो । जसले अन्तरिक्षबाट आक्रमण गर्न सक्छ भने अरु राष्ट्रहरुले अमेरिकामाथि आक्रमण गरे भने ती हतियारहरु अन्तरिक्षबाटै खसालिदिनेछ । अहिले चर्चामा रहेको फ्रान्सको राफाल सिस्टम होस् या चीनको जे १० सी (जे टेन सी) किन नहोस्, अमेरिकाको गोल्डेन डोमले सहजै परास्त गर्न सक्ने छ ।


यो प्रणाली केही हदसम्म इजरायलको आइरन डोमबाट प्रेरित छ । इजरायलले रकेट र क्षेप्यास्त्र आक्रमण रोक्न सन् २०११ देखि यसलाई प्रयोग गर्दै आएको छ । यद्यपि, गोल्डेन डोम धेरै ठूलो हुनेछ र हाइपरसोनिक हतियारहरूसहित धेरै प्रकारका खतराहरूको सामना गर्न सक्षम हुनेछ ।

यसले ध्वनीको गति र फ्र्याक्सनल अर्बिटल बम्बार्डमेन्ट सिस्टम अर्थात् एफओबीएस भन्दा छिटो स्थिति परिवर्तन गर्न सक्षम हुनेछ । फोबोसले अन्तरिक्षबाटै हतियार चलाउन सक्छ । गोल्डेन डोम डिफेन्स सिस्टम अबको ५ वर्षभित्र तयार हुने दाबी गरिएको छ । जुन परियोजनाका लागि अमेरिकी बजेटमा २५ अर्ब डलरको रकम तोकिएको छ । यद्दपि यसको कुल लागत १७५ अर्ब डलर हुनेछ ।

त्यसो त विश्वको शक्तिशाली राष्ट्र अमेरिकासँग अन्य शक्तिशाली हतियारहरु पनि छन् । ग्लोबल फायरपावर जस्ता संस्थाहरूले अमेरिकाको सैन्य शक्तिलाई पहिलो स्थानमा राखेका छन् । सैन्य शक्तिका लागि खर्च गर्ने देशको सूचीमा अमेरिका नै पहिलो स्थानमा छ । अमेरिकाको सैन्य खर्च सन् २०२५ मा ९.४ प्रतिशतले बढेर २७ खर्ब १८ अर्ब अमेरिकी डलर पुगेको छ ।

(बाकि भिडियोसहित)