काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवा बाट रकम असुली प्रकरणमा गृह प्रशासनमाथि नै प्रश्न उठेको छ ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीहरु तिर समेत अनुसन्धान सोझ्याएको छ । जसको तार गृहमन्त्री रमेश लेखकको सचिवालयसम्मै जोडिपछि उनीपनि नैतिकताको प्रश्नमा छन । हुन पनि अनुसन्धानका प्रारम्भिक तथ्यहरूले नै भिजिट भिसा प्रक्रियामा व्यापक अनियमितता, मिलेमतो र शक्ति केन्द्र सम्मको संलग्नता रहेको देखाएको छ ।
त्यस्तै बिचौलियामार्फत विभिन्न तह बनाएर आर्थिक लेनदेन हुने गरेको खुलासा हुँदा सहसचिव भट्टराईलाई गृहमन्त्री लेखककै रोजाइ अनुसार गत २३ असोजमा विमानस्थलको अध्यागमन प्रमुख बनाइएको थियो । विदास्पद पृष्ठभूमीमा उनी गए लगत्तै अध्यागमनमा सेटिङ बढेको देखिदाँ लेखकको सचिवालय नै विवास्पद कर्मचारीले सम्हाल्नु र भिसिट भिसाकानाममा भएको मानव तस्करीमा मुछिएकाहरुको सरुवाले अझ प्रश्न बलियो बनेको हो ।
यसबारे प्रतिपक्षीदल भने मौन नै देखिदाँ जहाँ लेखकपनि अनुसन्धानमा सघाउने भन्दा रफादफा गर्न मै लागि परेका छन् । अर्थात लेखक अझैपनि मार्ग प्रसस्त गर्ने भन्दा भिडेर नै जाने मुडमा देखिन्छन् । फलतःमधेश प्रदेशमा गएर शुसासनको भाषण गरिरहेका उनको मन्त्रालयले ढिलो गरि विज्ञप्ती निकाल्दै समाचारहरुको खण्डन गरेको छ ।
(बाकि भिडियोसहित)
प्रतिक्रिया