देश

तीनकुने घटनाका आरोपी १ सय ८ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै


काठमाडौ. । गत चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित मुद्दा आज अदालतमा दर्ता हुने भएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले तीनुकने घटनासँग सम्बन्धित मुद्दा आज अदालतमा पेस हुने बताए । मुद्दामा १०८ जनालाई प्रतिवादी बनाउन प्रहरीको सुझाव छ ।

अभियुक्तहरूविरुद्ध पाँचवटा मुद्दा लगाइएको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार घटनामा संलग्नविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध, संगठित कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा लगाइएको छ ।

तीनकुने हिंसात्मक घटनामा १७० भन्दा धेरै पक्राउ परेका थिए, जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् ।