काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा आज दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको छ । आजको बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले गरेको सदरपछि उत्पन्न परिस्थितिबारे मिहीन छलफल हुने रास्वपाले बताएको छ।
रास्वपाको शनिबार बसेको भर्चुअल बैठकले अदालतको आदेशको सम्मान गर्ने बताए पनि सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐनअनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशंकासमेत गरेको थियो। यस्तै, बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेको थियो ।
प्रतिक्रिया