Breaking

रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास कमजोर नबनोस् भन्नेतर्फ आफ्नो पार्टीको चिन्ता रहेको जनाएको छ ।

सभापति लामिछानेको आदेश लगत्तै रास्वपाले आकस्मिक सचिवालय बैठक राखेको थियो । उक्त बैठकपछि आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकले तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशङ्काको यथेष्ट सम्भावना रहेकोमा चिन्ता व्यक्त गरेको हो ।

यसैबीच रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले बताए ।