Breaking

भिजिट भिसा प्रकरणमा गृहको जवाफ : गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्नता छैन्


काठमाडौं । भिजिट भिसा सेटिङमा गृहमन्त्री रमेश लेखकले मुख खोलेलगत्तै गृह मन्त्रालयले विज्ञप्ति निकालेको छ ।


गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार विज्ञप्ति जारी गर्दै विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको गृहमन्त्रालयले दाबी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको शंका गरिएको छ ।

मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ । आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।