काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रालयले त्यसको खण्डन गर्ने भएको छ ।
आज धनुषा पुगेका गृहमन्त्री लेखकले पार्टी कार्यालयमा कार्यकर्ताहरूसँगको छलफलका क्रममा यसबारे जानकारी गराए । यो विषयमा आफूले पार्टीपंक्तिको टाउको निहुराउने काम नगरेकाले चिन्ता लिनुपर्ने विषय नभएको पनि दाबी गरे ।
गृहमन्त्री लेखकले काँग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताए । काँग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने उनको भनाई छ ।
अहिले आफूहरु संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिष्पर्धी पार्टीहरुबीको संयुक्त सरकार बनाउन केही जटिलताहरु रहेको बताए ।
प्रतिक्रिया