Breaking

काँग्रेसकै लागि सच्चा त्याग गर्ने व्यक्तिहरु नगण्य छन्ः सभापति देउवा


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य रहेको बताएकाछन् ।

आज नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताए ।

स्व. रेग्मीले हृदयबाटै समर्पित भएर काँग्रेस बढाउन र बनाउन लागेको पनि स्मरण गराए।