राजनीति

विद्या भण्डारी झनै सक्रिय, चीन उड्दै, कम्युनिस्ट एकताको तरंग, सी जिनपिङसँग होला भेट ? (भिडियोसहित)


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार उत्तरी छिमेकी चीनको साताव्यापी भ्रमणमा निस्किँदै छिन् ।

चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सरकारका केही मन्त्री र नेकपा (एमाले) का नेताहरूसमेत भण्डारीको भ्रमण टोलीमा अटाएका छन् । पछिल्लो समय एकाएक राजनीतिक सक्रियता बढाएकी भण्डारीको चीन भ्रमणलाई चासोपूर्ण रुपमा हेरिएको छ ।