काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर आदेश आउन केहीबेर बाँकी हुँदा उता रुपन्देही जिल्ला कारागार अगाडि कार्यकर्ताहरू भेला हुन थालेका छन् ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।
उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ सकिएको हो । लगत्तै आजै आदेश आउने बताइएको छ ।
थुनामुक्त गर्ने वा थुनामै राख्ने भन्ने आदेश आउनुअघि नै रास्वपा कार्यकर्ताहरू जिल्ला कारागार अगाडि पुगेका हुन् । उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।
प्रतिक्रिया