काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने बताएका छन् । नेकपा (एमाले) निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।
राजावादी पार्टी र संघसंस्थाहरूले १५ जेठदेखि गर्ने भनेको आन्दोलनलाई कटाक्ष गर्दै उनले राजतन्त्रलाई आफूहरूले समातेर मुन्ट्याएर फालिदिएको टिप्पणी गरे ।
१५ जेठमा राजालाई सिंहासनमा राख्ने भन्दै राजावादीहरूले गरेको प्रचार प्रति पनि कटाक्ष गरे । ‘यो आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे । घरैमा बनाएर राख्ने होला । देशको राज सिंहासन भनेको गयो, गइसक्यो,’ उनले भने ।
प्रतिक्रिया