Breaking

शान्तिसुरक्षामा कसैसँग सम्झौता नगर्न गृहमन्त्री लेखकको निर्देशन


काठमाडौं—गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताएका छन्। जनकपुरमा आज मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले लागुऔषधको नियन्त्रण जरुरी रहेको बताए ।

उनले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताए ।

उनले देशभर आत्महत्यका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताए । लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिए ।