काठमाडौं—परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । जापानको राजधानी टोकियोस्थित जाइकाको मुख्यालयमा शुक्रबार भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको राणाको सचिवालयले जनाएको छ ।
भेटमा परराष्ट्रमन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायत विविध क्षेत्रमा जाइकामार्फत जापान सरकारले विगत लामो समयदेखि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । भेटमा मन्त्री राणाले नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली–बर्दिबास सडकको पुनर्निर्माण एवं मर्मतसम्भार लगायतका परियोजनामा पनि चर्चा गरेकी थिइन् ।
प्रतिक्रिया