Breaking

एमाले नेतृत्वमा आउन रणनीतिमा जुटेकी भण्डारी भोलि चीन जाने, ओली तनावमा


काठमाडौँ । पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएकी छन् । उनले नेकपा एमालेका नेतादेखि कार्यकर्तासँग पार्टी नेतृत्वमा आउनको लागि छलफल गरिरहेकी छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माको कार्यशैलीप्रति असन्तुष्ट एमालेको एक तप्का भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउन लागि परेको छ ।

भण्डारीले पनि पार्टी नेतृत्वमा आउने सङ्केत गरिसकेकी छन् । यसैबीच शनिबार उनी चीन भ्रमणमा जाने भएकी छन् । विदेशी शक्तिहरुसँग पनि परामर्श गर्न भण्डारी चीन भ्रमणमा जान लागेकी हुन भन्ने अर्थमा बुझिएको छ । नेपालका वाम घटकहरू एक ठाउँमा आउनु पर्ने पक्षमा चीन छ ।

त्यसका लागि भण्डारी उपयुक्त हुने वाम एकताको पक्षमा भएका नेताहरूको आँकलन छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि भण्डारी एमालेको नेतृत्वमा आएको हेर्न चाहन्छन् । उनले भण्डारीको पक्षमा अभिव्यक्ति पनि दिने गरेका छन् ।

भण्डारीले एकता कायम राख्न नसकेको र सबैको अभिभावकीय भूमिका खेल्न सक्ने नेतृत्व आवश्यक रहेको भन्दै अब एमालेको नेतृत्व आफूले लिने संकेत गरिरहेकी छिन् । आफ्ना पति मदन भण्डारीको सपना पुरा गर्न पनि एक पटक पार्टी नेतृत्वमा पुग्ने उनको भनाइ छ । यस्तोमा उनको चीन भ्रमण अर्थपूर्ण हुनेछ । राष्ट्रपतिको कार्यकाल सकिएपछि पहिलो विदेश भ्रमणमा भण्डारी चीन जान लागेकी हुन् ।

चीन जान लागेको भण्डारीको यो भ्रमणले एमाले भित्र तरङ्ग ल्याएको छ । राजनीतिमा सक्रिय हुदै गरेकी भण्डारीले आफू पक्षका एमालेका नेताहरु लिएर चीन जान लागेपछि ओली भने झस्किनुका साथै तनावमा छन् ।

ओलीले आफू बिनाको एमाले सम्भव नभएको भन्दै बेला बेला भण्डारी लक्षित टिप्पणी गर्ने गरेका छन् । उनले एमालेभित्र आफ्नो विरुद्ध खडा नहुन पनि चेतावनी दिएका छन् । तर, ओलीलाई झस्काउने गरि भण्डारी शनिबार चीन भ्रमणमा जान लागेकी हुन् ।

बेइजिङमा आयोजना हुने पूर्वराष्ट्र प्रमुखहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीले दिएको निमन्त्रणामा भण्डारी चीन जान लागेकी भनिएको छ । बेइजिङ र लान्चाओमा पूर्वराष्ट्रपति भण्डारीको १ हप्ता लामो भ्रमण कार्यक्रम तय भएको छ । बेइजिङमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर उनी कान्सु प्रान्तको राजधानी लान्चाओ जानेछिन्, जहाँ चिनियाँ उपराष्ट्रपति हानसँग भेटवार्ता हुनेछ । पूर्वराष्ट्रपतिको भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्ण थापा, डा कैलाश भण्डारी, भेषराज आचार्य र विनय केसी छन् ।