Breaking

लेखा समिति सभापति र माओवादी सांसद मोदीबिच बोल्न नपाएको विषयमा बाझाबाझ


काठमाडौं—सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल र नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीबिच बाझाबाझ भएको छ । आज सिंहदरबारमा बसेको बैठकमा पोखरेलले मोदीलाई बोल्न नदिएपछि विवाद भएको हो ।

बैठकको सुरुमै मोदी बोल्न खोजेपछि पोखरेलले रोक्ने प्रयास गरेका गरेका थिए । सोही क्रममा पोखरेलले मोदीले युट्युबर ल्याएर ‘स्टन्ट’ गर्न खोजेको आरोप लगाएका थिए ।सो क्रममा पोखरेलले संसदीय समिति स्टन्ट गर्ने थलो नभएको भन्दै स्टन्ट जारी राखे सञ्चारमाध्यमलाई नै कडाइ गर्ने चेतावनी दिनुए ।

यसअघि पनि सभापति र मोदीबिच विवाद हुने गरेका थिए ।सांस्द मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाउनुभएको छ । आफूहरुलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरु कसैको दास नभएको बताए ।

यसैबिच समिति अन्तर्गत गठन भएको सात वटा कार्यदलको म्याद एक महिना थप गरेर बैठक स्थगित भएको छ । समितिमा परेका विभिन्न उजुरीमध्ये लेखा समितिको कार्यक्षेत्र रहेको भनेर सञ्जय गौतम नेतृत्वको उपसमितिले स्क्रिनिङ गरेर दिएका ४८ उजुरीउपर छानबिन गर्न बनेको कार्यदलको म्याद थप गरिएको हो ।