Breaking

विगत १० वर्षमा ८ हजार बढी मनसुनजन्य घटना


काठमाडौं—नेपालमा विगत १० वर्षमा मनसुनजन्य ८ हजार ४ सय ४१ घटना भएकका छन् । बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी दिएका हुन् । मनसुनजन्य विपद्का कारण विगत १० वर्षमा बाढीका १ हजार ६ सय २ वटा घटना भएका छन् ।

त्यस्तै पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७, चट्याङका घटनाहरु पनि बढेर गएको बताए। विगत १० वर्षमा चट्याङका २ हजार ४ सय घटनाहरु रहेको बताए ।

यस वर्ष गत वर्षको भन्दा बढी पानी पर्ने र तातो पनि सरदर भन्दा बढी हुने बताए । यस वर्ष गत वर्षको भन्दा बढी प्रताडित हुनसक्ने आँकलन रहेको र सोहीअनुसार पूर्वतयारीको काम गरिरहेको बताए।