काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ आज हुने भएको छ ।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । यस अघि बुधबार न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बस्नु पर्ने भएपछि यो रिट बुधबार पेसी तोकिएको थिएन ।
आज सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणको रिटको पेसी तोकिएको छ । रविको निवेदनमाथि आजै आदेश आउने सम्भावना पनि रहेको छ ।
प्रतिक्रिया