उत्तरपूर्वी युक्रेनमा रुसले एक सार्वजनिक बसमा आक्रमण गरेको छ । आक्रमणमा परि ९ जनाको मृत्यु भएको छ ।
आज बिहान सुमीको बिलोपिलियामा भएको आक्रमणमा अन्य ७ जना घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
रुस र युक्रेनले सन् २०२२ पछि पहिलो प्रत्यक्ष शान्ति वार्ता गरेको केही घण्टापछि आक्रमण भएको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले जानाजान नागरिकहरूको हत्या गरेको आरोप लगाएका छन् ।
घटनाबारे रुसले प्रत्यक्ष रुपमा कुनै टिप्पणी गरेको छैन ।।
प्रतिक्रिया