भारतको जम्मु–कश्मीरमा आतंकवादी हमलामा कम्तीमा २७ जना मारिएपछि राजधानी दिल्लीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।
दिल्लीका अधिकारीहरूले सावधानीका लागि सुरक्षा व्यवस्था बलियो बनाइएको बताएका छन्।जम्मु–कश्मीरमा आक्रमणपछि दिल्ली प्रहरीलेसहरभर सुरक्षा व्यवस्था बढाएको छ।
जम्मु–कश्मीरमा आतंकवादी आक्रमणकै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबियाको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । आतंकवादी हमलापछि विशेष सुरक्षा रणनीति तय गर्न मोदी भ्रमण छोट्याएर फर्किएको बताइएको छ ।
प्रतिक्रिया