Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

अपराह्नपछि काठमाडौंमा मेघगर्जनसहित वर्षाको सम्भावना


देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । काठमाडौंसहित केही क्षेत्रमा वर्षा हुनेछ । 

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ । 

कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । 

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपाह्नपछि काठमाडौंमा वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए ।

राति कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोसी प्रदेशलगायत वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ ।