सुदूरपश्चिममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
बुधवार राति चट्याङ लागेर डोटी सायल गाउँपालिका-६ की ३३ वर्षीय कमला नागरी र बझाङको वित्थडचिर गाउँपालिका-३ का ७८ वर्षीय धौले बोहराको मृत्यु भएको हो ।
डोटीमा चट्याङ लागेर घाइते हुनेमा १० वर्षीय तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय खुशी नागरी रहेका छन् ।
प्रतिक्रिया