Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

राप्रपाको खबरदारी सभाबाट चार जना प्रहरी नियन्त्रणमा


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बल्खुमा जारी खबरदारी सभाबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार बल्खुमा राप्रपाको प्रदर्शनबाट घुसपैठ गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

राप्रपाले बल्खुमा हुने कार्यक्रम शान्तिपूर्ण गर्ने बताउँदै आएको छ। यस्तै घुसपैठ गर्नेलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने समेत उनीहरूले प्रतिबद्धता जनाएका छन्। व्यवस्था र अवस्था बदलौं, भ्रष्टाचार र कुशासनविरूद्ध भन्दै राप्रपाले प्रदर्शन र सभा गरेको हो।

सभालाई राप्रपाका नेताहरूले सम्बोधन गरेका छन्। खबरदारी सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, लगायतले सम्बोधन गर्नेछन्। राप्रपाले राजसंस्था पुनस्र्थापना, संघीयता खारेजी लगायत एजेन्डामा अध्यक्ष लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको थियो। जसअनुसार मंगलबार बागमती प्रदेशस्तरीय प्रदर्शन र सभा भएको हो